काठमाडौँ । नेपाल–इटाली उद्योग वाणिज्य संघ ले नवनिर्वाचित सांसद बसुमाया तामाङ लाई सम्मान तथा बधाई कार्यक्रममार्फत अभिनन्दन गरेको छ ।
संघका अध्यक्ष संजय अग्रवालको नेतृत्वमा तथा कार्यसमिति सदस्यहरूको उपस्थितिमा आयोजित उक्त कार्यक्रम काठमाडौंस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युट मा सम्पन्न भएको हो ।
कार्यक्रममा सांसद तामाङलाई व्यवसायिक समुदाय र सामाजिक विकासमा पुर्याएको योगदान, नेतृत्व क्षमता तथा सक्रिय भूमिकाको कदर गर्दै सम्मान गरिएको हो ।
संघले उहाँको निर्वाचित हुनु सार्वजनिक सेवा र समावेशी विकासप्रति देखाएको निरन्तर प्रतिबद्धताको प्रतिफल भएको उल्लेख गर्दै आगामी भूमिकामा अझ प्रभावकारी योगदान रहने विश्वास व्यक्त गरेको छ ।
यस अवसरमा कार्यक्रमको सफल व्यवस्थापनका लागि वरिष्ठ उपाध्यक्ष रुपक राजवंशी र कार्यकारी बोर्ड सदस्य सुनिता सिंहप्रति पनि संघले आभार प्रकट गरेको छ ।