विद्युत् महसुल भुक्तानी सहज बनाउँदै प्राधिकरण: नयाँ सेवा प्रदायकका लागि प्रस्ताव आह्वान

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल सङ्कलन प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन नयाँ सेवा प्रदायकहरू खोज्न थालेको छ । प्राधिकरणले डिजिटल माध्यमबाट महसुल उठाउन इच्छुक र सक्षम संस्थाहरूबाट औपचारिक प्रस्ताव आह्वान गरेको हो ।

प्राधिकरणको यस पहलले दुर्गम क्षेत्रका ग्राहकलाई समेत घरदैलोमै भुक्तानीको सुविधा पुर्‍याउने लक्ष्य राखेको छ ।

सेवा प्रदायकका लागि आवश्यक सर्तहरू:

इजाजतपत्र: नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत प्राप्त गरेको हुनुपर्ने।

कानुनी कागजात: दर्ता तथा नवीकरण प्रमाणपत्र, कर चुक्ता, प्रबन्धपत्र र नियमावली अनिवार्य।

सुरक्षा: डाटाको गोपनीयता र सङ्कलित रकम सुरक्षित रूपमा प्राधिकरणको खातामा जम्मा गर्ने सुनिश्चितता।

बैंक जमानत: छनोट भएका संस्थाले कम्तीमा एक वर्षका लागि १ करोड रुपैयाँ बराबरको बैंक जमानत (Bank Guarantee) पेस गर्नुपर्ने ।

ग्राहकले तिर्नुपर्ने सेवा शुल्क:

प्राधिकरणले ग्राहकलाई अतिरिक्त आर्थिक भार नपरोस् भनी सेवा शुल्कको सीमा समेत निर्धारण गरेको छ:-

भुक्तानी रकम (रु.) अधिकतम सेवा शुल्क
५०० सम्म निःशुल्क
५०१ देखि ५,००० सम्म ५ रुपैयाँ
५,००१ देखि १०,००० सम्म ८ रुपैयाँ
१०,००० भन्दा माथि १० रुपैयाँ

 

अन्य व्यवस्था:

प्राधिकरणले सेवा प्रदायकलाई छुट्टै अतिरिक्त शुल्क उपलब्ध गराउने छैन । प्रदायकले तोकिएको शुल्कबाटै आफ्नो व्यवस्थापन गर्नुपर्नेछ । प्रस्ताव स्वीकृत भएको १५ दिनभित्र सम्झौता प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान राखिएको छ । कुनै विवाद उत्पन्न भएमा प्राधिकरणद्वारा गठित विशेष समितिले समाधान गर्नेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै