काठमाडौँ । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका लागि आफ्नो विशेष अफर ‘पहिलो सिम’ सञ्चालनमा ल्याएको छ। यो अफरमा विद्यार्थीहरूले करसहित ५० रूपैयाँमा एनसेलको प्रिपेड सिम लिन सक्छन् ।
उनीहरूले अरू आकर्षक बन्डल सेवाको फाइदा लिन सक्छन् । विद्यार्थीहरूले ‘पहिलो सिम’ लिँदा आफ्नो रोजाइअनुसार एनसेल मोबाइल नम्बर छनोट गर्न पाउने सुविधा एनसेलले दिएको छ । यो पहिलो सिममा २ जीबी डेटा, सबै नेटवर्कमा कल गर्न मिल्ने ५० मिनेटको टक टाइमका साथै मेरो स्कुल र गेमिङ् प्रिमियर लिग (जीपीएल) २८ दिनका लागि निःशुल्क पाइनेछ ।
मेरो स्कुल एक डिजिटल लर्निङ प्लेटफर्म हो जहाँ अनलाइन सिकाइका लागि पाठ्यक्रममा थुप्रै भिडिओ सामग्रीहरु उपलब्ध छन्। त्यस्तै जीपीएल एक गेमिङ पोर्टल हो जहाँ एचटीएमएलमा आधारित विभिन्न खेलहरूको मजा लिन सकिन्छ।
पहिलो सिम प्रयोगकर्ताहरूले डिजिटल वालेट खल्ती चलाउँदा डेटा शुल्क लाग्ने छैन । यो सिम लिएका ग्राहकहरूले ५० रूपैयाँ वा सोभन्दा बढीको रिचार्ज गर्दा ७ दिनसम्म मान्य ५०० एमबी बोनस डेटासमेत पाउनेछन् । एसईई दिएका विद्यार्थीहरूले देशभरका कुनै पनि एनसेल सेन्टरबाट सजिलै पहिलो सिम लिन सक्ने कम्पनीले जनाएको छ ।
सिम लिनका लागि विद्यार्थीहरूले आफ्नो एसईईको प्रवेशपत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपीसहित नजिकको एनसेल सेन्टरमा जानुपर्ने हुन्छ। आवश्यक प्रमाणीकरणपछि उनीहरुको सिम सक्रिय हुन्छ ।