काठमाडौँ । नयाँ वर्षको अवसर पारेर डिसहोम इन्टरनेटले आफ्ना ग्राहकहरूका लागि आकर्षक “नयाँ वर्षको नयाँ अफर” सार्वजनिक गरेको छ । विशेष योजनाअन्तर्गत वार्षिक इन्टरनेट जडान गर्ने ग्राहकहरूले थप दुई महिनासम्मको बोनस पाउने छन् ।
यो अफरअन्तर्गत २००, ३००, ६०० र १००० एमबिपिएसका उच्च गतिको इन्टरनेट प्याकेजहरूमा नयाँ वार्षिक कनेक्सन गर्ने ग्राहकहरूलाई अतिरिक्त सेवा अवधि प्रदान गरिने छ । जसले प्रयोगकर्तालाई अझ बढी समयसम्म निरन्तर उच्च गुणस्तरको इन्टरनेटको अनुभव लिन सहयोग गर्ने छ ।
डिशहोम इन्टरनेट नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूमध्ये एक हो । जसले छिटो, भरपर्दो र ग्राहकमैत्री इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।
कम्पनीका अनुसार, बढ्दो डिजिटल आवश्यकतालाई मध्यनजर गर्दै ग्राहकलाई सुलभ र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो ।
अफरका मुख्य विशेषताहरू
• नयाँ वार्षिक इन्टरनेट जडानमा मात्र लागू ।
• २०० देखि १००० एमबिपिएससम्मका प्याकेजहरू उपलब्ध ।
• २ महिना अतिरिक्त बोनस ।
• सीमित अवधिका लागि मात्र लागू ।
नयाँ जडानका लागि नजिकको डिसहोम डिलर वा ०१-५९७०३६५ मा सम्पर्क गर्न सक्ने छ ।
डिसहोम सधैं ग्राहकलाई उत्कृष्ट सेवा र थप मूल्य प्रदान गर्ने प्रतिबद्धता साथ अघि बढ्दै आएको कम्पनी भएकाले नयाँ वर्षमा विशेष योजनासँगै आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ ।