काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि ‘धमाकेदार’ डेटा अफर सार्वजनिक गरेको छ। कम्पनीले ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई आकर्षक प्याकेज ल्याएको हो।
प्याकेजका मुख्य विशेषताहरू:
| प्याकेजको नाम | मूल्य (रुपैयाँ) | दैनिक डेटा सीमा | सीमा सकिएपछिको स्पिड | अवधि |
| न्यु इयर लाइट | ४९९ | ५ जीबी | २ Mbps (अनलिमिटेड) | ३० दिन |
| न्यु इयर प्रिमियम | ६९९ | १० जीबी | ३ Mbps (अनलिमिटेड) | ३० दिन |
अफरका थप जानकारी:
अनलिमिटेड सुविधा: दैनिक तोकिएको कोटा (५ वा १० जीबी) सकिए पनि इन्टरनेट काटिने छैन । ग्राहकले निश्चित स्पिडमा अनलिमिटेड डेटा चलाउन पाउनेछन् ।
खरिद गर्ने समय: यो अफर चैत ३० गतेदेखि आगामी वैशाख २ गतेसम्म मात्र खरिद गर्न सकिनेछ ।
पोस्टपेड ग्राहकका लागि: पोस्टपेड प्रयोगकर्ताको हकमा प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समायोजन हुने सुविधा छ ।
कसरी लिने अफर ?
ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरी वा ‘नेपाल टेलिकम एप’ (Nepal Telecom App) मार्फत सजिलै यी प्याकेजहरू सुचारु गर्न सक्नेछन्।