काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको वैशाख ४ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरणमा नियमनकारी निकायको निर्देशन बमोजिम छुट्याउनु पर्ने रकमहरूको व्यवस्था गरे पश्चात् संस्थाको वित्तीय अवस्था थप सुदृढ र सवलीकरण गर्दै लैजाने उद्देश्यले संस्थाको शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै बैठकले सोही बमोजिमको गत आर्थिक वर्षको वित्तीय विवरणहरू वार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतार्थ पेश गर्ने निर्णय पनि गरेको कम्पनी सचिव दिपित श्रेष्ठले जानकारी दिएका छन् ।