एनआईसी एशिया लघुवित्तको नाफामा ठूलो सुधार, ९ महिनामा कमाए १० करोड ६९ लाख

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । त्रैमास समाप्त भएको तीन दिनभित्रै विवरण सार्वजनिक गरेको यस संस्थाको खुद नाफामा गत वर्षको तुलनामा उल्लेख्य ‘उछाल’ आएको देखिएको छ ।

नाफा र आम्दानीमा प्रगति

चालू आवको पहिलो ९ महिनामा कम्पनीले १० करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको नाफा मात्र १३ लाख रुपैयाँ सीमित थियो ।

मुख्य वित्तीय सूचकहरू (तुलनात्मक):

सूचक चालू आव (चैत मसान्त) गत आव (चैत मसान्त) परिवर्तन
खुद नाफा रु १० करोड ६९ लाख रु १३ लाख उल्लेख्य वृद्धि
खुद ब्याज आम्दानी रु ८ करोड ५४ लाख रु ४ करोड ९५ लाख ७२.५% वृद्धि
सञ्चालन नाफा रु १५ करोड ९० लाख रु १८ लाख उल्लेख्य वृद्धि
कुल सञ्चालन आम्दानी रु ९५ करोड ४६ लाख रु ५६ करोड ३३ लाख ६९.४% वृद्धि
प्रतिशेयर आम्दानी (EPS) रु ८.२० रु ०.१०

 

खराब कर्जा र वितरणयोग्य मुनाफा

कम्पनीको आम्दानीमा प्रगति देखिए पनि केही सूचकहरू चुनौतीपूर्ण देखिएका छन् । खराब कर्जा (NPL) गत वर्षको १३.५५ प्रतिशतबाट बढेर १६.५९ प्रतिशत पुगेको छ । त्यस्तै, कम्पनीको वितरणयोग्य मुनाफा अझै ३२ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छ, जसका कारण प्रतिशेयर वितरणयोग्य आम्दानी २४.८१ रुपैयाँ ऋणात्मक देखिएको छ ।

पुँजी र व्यवसायको अवस्था

चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ भएको यस लघुवित्तको जगेडा कोष (Reserve) मा ८ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ८४ करोड ७१ लाख निक्षेप संकलन गरी १९ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हाल कम्पनीको कुल सम्पत्तिको मूल्य २३ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै