काठमाडौँ । सरकारले भूमि प्रशासनसम्बन्धी सेवाहरू अब स्थानीय तहबाटै उपलब्ध गराउने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे ।
मन्त्रालयले साे सेवा उपलब्ध गराउन चाहने इच्छुक स्थानीय तहहरूलाई सात दिनभित्र प्रस्ताव पेस गर्न आग्रह गरेको छ ।
स्थानीय तहले आवश्यक जनशक्ति तथा पूर्वाधारको व्यवस्था आफैँले गर्ने प्रतिबद्धतासहित सेवा सञ्चालन गर्न इच्छुक रहेको विवरण उल्लेख गरी पत्र पठाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
तोकिएको अवधिभित्र प्राप्त प्रस्तावका आधारमा सेवा हस्तान्तरण प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।