वैशाख ८ गते कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आगामी वैशाख ८ गते मङ्गलवार निर्वाचन हुने भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयले निर्वाचनको कार्यतालिका तय गर्दै आफ्ना सांसदहरूलाई जानकारी गराएको हो ।

निर्वाचनको तयारीका लागि दलको कार्यालयले सबै सांसदहरूलाई सोमबारसम्म अनिवार्य रूपमा काठमाडौँ आइपुग्न मोबाइल सन्देश (SMS) मार्फत पठाएको छ।

“कांग्रेस संसदीय दलको निर्वाचन वैशाख ८ गते हुने हुँदा काठमाडौँ उपत्यका बाहिर रहनुभएका माननीयज्यूहरू ७ गतेभित्र आइपुग्न र उपत्यकामा रहनुभएकाहरू बाहिर नजान जानकारी गराइन्छ,” संसदीय दलले पठाएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै