सभामुखमा डीपी अर्याल निर्विरोध चयन

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध भएका छन् ।

आइतबार बिहान बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध चयन भएको घोषणा गरेका हुन् ।

गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।

नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलहरूले आफ्नो उम्मेदवारी नदिएपछि डीपी अर्याल निर्विरोध चयन भएका हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै