गृहमन्त्री गुरुङद्वारा सदनमा तीन अध्यादेश पेश

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेका छन् ।

फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा गृहमन्त्री गुरुङले मतदाता नामावली, प्रतिनिधिसभा सदस्य र नेपाल विशेष सेवा सम्बन्धी अध्यादेश पेश गरेका हुन् ।

गृहमन्त्री गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पेश गरेका छन् । प्रतिनिधि सभाको अर्को बैठक चैत्र २२ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै