कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ ।

बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो । पार्टीभित्रका अनुशासनसम्बन्धी विषयहरूमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

विशेष गरी पछिल्लो समय पार्टीमा देखिएको आन्तरिक विवाद, विद्रोही उम्मेदवारहरूको विषय र विगतमा भएका अनुशासन कारबाहीका फाइलहरूबारे बैठकम छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै