निजामती विधेयकमा ‘छलछाम’ छानबिन गर्न सभामुख घिमिरेको जोड

काठमाडौँ । निजामती कर्मचारी विधेयकमा ‘कुलिङ पिरियड’ को प्रावधान राख्ने क्रममा अन्यथा अर्थ लाग्ने गरी शब्द थप गरिएको विषयमा सभामुख देवराज घिमिरेले गम्भीर छानबिन हुनुपर्ने बताएका छन्।

मंगलबार सिंहदरबारमा विभिन्न राजनीतिक दलका नेताहरूसँगको छलफलमा सभामुख घिमिरेले यसलाई ‘गम्भीर त्रुटि’ को संज्ञा दिए। उनले यो सामान्य विषय मात्र नभई विस्तृत छानबिनको आवश्यकता औंल्याए।

सभामुख घिमिरेले भने, “यो सच्याउने मात्रै होइन, गम्भीर छानबिनको विषय हो। यसको कुन प्रोसेसमा पुगेर कुन ठाउँमा पुगेर त्रुटी भएको हो त्यो खोज्छौं।”

यस विषयमा सभामुख घिमिरेले संसद सचिवालयका महासचिव, सचिवलगायतसँग छलफल गरिरहेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै