काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १५ वटा महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले गरेका मुख्य निर्णयहरूमध्ये भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन र परराष्ट्रमन्त्रीको विदेश भ्रमणलाई स्वीकृति दिने रहेका छन्।
मुख्य निर्णयहरू:-
उच्चस्तरीय छानबिन समिति गठन: सरकारले पूर्व मुख्यसचिव शङ्करदास वैरागीको अध्यक्षतामा सात सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। यस समितिले अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधानका उपायहरू पहिचान गरी सिफारिस गर्नेछ।
परराष्ट्रमन्त्रीलाई विदेश भ्रमणको स्वीकृति: मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्रीलाई इटाली र जर्मनी भ्रमण गर्न स्वीकृति प्रदान गरेको छ। उहाँ असार १३ गतेदेखि २९ गतेसम्म इटालीमा आयोजना हुने एफएओ सम्मेलनको ४४ औँ सत्रमा सहभागी हुनुहुनेछ। साथै, इटाली र जर्मनीमा लगानी बोर्ड नेपालले आयोजना गर्ने लगानी प्रवर्धनसम्बन्धी कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको छ।
सरकारका प्रवक्ता गुरुङले बाँकी निर्णयहरू पत्रकार सम्मेलनमा जानकारी गराए पनि यस समाचारमा सबै १५ निर्णयहरूको विस्तृत सूची उपलब्ध गराइएको छैन। पूर्ण सूचीका लागि थप विवरण आउन बाँकी छ।
हेर्नुहाेस् १५ निर्णयः-

