ट्रकको ठक्करबाट घाइते ट्राफिक इन्स्पेक्टर लामाको मृत्यु

काठमाडौँ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएको छ ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका-४ घर भएका लामा गत चैत २९ गते ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए । लामाको ललितपुर ग्वार्कोस्थित ‘बी एण्ड बी’ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

आइतबार राति तारकेश्वर नगरपालिका डाँडागाउँमा नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामा सवार बाप्र ०२ ०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनालगत्तै उद्धार गरी उनलाई टिचिङ अस्पताल लगिएको थियो । थप उपचारका लागि बीएण्डबी अस्पताल ल्याइएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै