सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो

काठमाडौँ । सुनको भाउ निरन्तर घट्दै गएको छ । आजपनि सुनको भाउ तोलामै १६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य भने सामान्य बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ८० रुपैयाँ बढेर प्रतितोला ४ हजार ५०५ रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४२५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै