भारतमा महाकुम्भ मेलामा भागदौड हुँदा मृत्यु हुनेको संख्या ३० पुग्यो

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा हिन्दूहरुको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ ।

गंगा, यमुना र सरस्वती नामको तीन नदीको संगममा पवित्र स्नान गर्न मौनी अमावस्याको पवित्र दिन करिब १० करोड मानिस भेला भएको थियो । मृतक ३० मध्ये २५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । एक वरिष्ठ प्रहरी अधिकारीले स्थानीय समय अनुसार बिहान १ः०० देखि २ः०० बजेको बीचमा भागदौड भएको बताए ।
-सिन्ह्वा

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै