इटालीको सार्वजनिक ऋण पहिलो पटक ३ हजार अर्बबढी

काठमाडौँ । इटालीको सार्वजनिक ऋण नोभेम्बर २०२४ मा पहिलो पटक ३ हजार अर्ब युरो ९३ हजार ८७ अर्ब अमेरिकी डलर० नाघेको छ ।

बैंकका अनुसार नोभेम्बरमा देशको सार्वजनिक ऋण २४ अर्ब युरोले बढेर ३ हजार ५।२ अर्ब युरोको रेकर्ड उच्चतम स्तरमा पुगेको छ । यो वृद्धि उच्च खर्चका कारण भएको हो ।

साथै नोभेम्बर २०२३ को तुलनामा कर राजस्वमा ०।१ प्रतिशतको सामान्य गिरावट आएको छ । वर्षको शुरुमा देशको सार्वजनिक ऋण २ हजार ८६० अर्ब युरो रहेको थियो ।

इटाली यसको अर्थतन्त्रको सम्बन्धमा विश्वव्यापी रूपमा सबैभन्दा ऋणी देशहरूमध्ये एक रहेको छ । जसको ऋण यसको कुल गार्हस्थ्य उत्पादनको लगभग १३६।६ प्रतिशत बराबर छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै