इरानसँग वार्ताका लागि पाकिस्तान हिँडेका अमेरिकी उपराष्ट्रपति भान्स पेरिसमा

पेरिस । इरानसँग शान्ति वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाकिस्तान प्रस्थान गरेका उपराष्ट्रपति जेडी भान्स सवार विमान फ्रान्सको राजधानी पेरिसमा रोकिएको छ ।

अमेरिकी उपराष्ट्रपतिको विमान ‘एयर फोर्स टु’ इन्धन भर्नका लागि पेरिसमा अवतरण गरेको बीबीसीले जनाएको छ । उपराष्ट्रपति भान्स केही समयपछि पेरिसबाट पाकिस्तानका लागि प्रस्थान गर्नेछन् ।

पाकिस्तान प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै भान्सले अमेरिका शान्ति स्थापनाका लागि लचिलो हुने संकेत दिएका छन् । उनले भने, “यदि इरान राम्रो विश्वासका साथ वार्ता गर्न इच्छुक छ भने हामी पनि खुला हृदयले अगाडि बढ्न तयार छौँ ।”

तर, उनले वार्ताका क्रममा इरानलाई सचेत गराउँदै चेतावनी पनि दिएका छन् । “यदि उनीहरूले हामीलाई मूर्ख बनाउने प्रयास गरे भने अमेरिकी वार्ता टोली त्यति सहज छैन भन्ने कुरा उनीहरूले बुझ्नुपर्छ,” भान्सले थपे ।

पछिल्लो समय इरान र अमेरिकाबीच बढ्दै गएको तनाव कम गर्न यो वार्तालाई विश्व राजनीतिमा निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै