इरानको पेट्रोकेमिकल प्लान्टमा इजरायलको हमला, विषाक्त चुहावटको चेतावनी !

काठमाडौँ । अमेरिका र इजरायलको इरानसँग जारी युद्ध अब ३१औँ दिनमा प्रवेश गरेको छ । यस अवधिमा परिस्थिति अझै पनि तनावपूर्ण बनेको छ ।

यसैबीच इरानले दक्षिणी इजरायलको एउटा केमिकल प्लान्ट (रसायन कारखाना)मा मिसाइल आक्रमण गरेको छ, जसका कारण प्लान्टमा भीषण आगलागी भएको छ । यसबाट उक्त क्षेत्रमा विषाक्त ग्यास चुहावटको खतरा पैदा भएको बताइएको छ । आक्रमणमा एक व्यक्ति घाइते समेत भएका छन् ।

यो आक्रमण बियरशेवा सहरबाट करिब ९ किलोमिटर टाढा रहेको नियोत होवाव औद्योगिक क्षेत्रमा भएको हो । हमलापछि अधिकारीहरूले आसपासका बासिन्दाहरूलाई घरभित्रै रहन र झ्यालहरू बन्द राख्न सल्लाह दिएका छन्, किनकि प्लान्टमा खतरनाक रसायनहरू मौज्दात छन् ।

ठूलो क्षति टर्‍यो

बताइएअनुसार इरानको उत्तरी क्षेत्रमा रहेको यो कारखानाले तेल र प्राकृतिक ग्यासबाट प्लास्टिक तथा अन्य आवश्यक रसायनहरू बनाउने काम गर्दछ, जुन दैनिक उपभोग्य धेरै सामानहरूमा प्रयोग हुन्छन् । स्थानीय सञ्चार माध्यमका अनुसार, तब्रिज पेट्रोकेमिकलको एउटा प्लान्टलाई निसाना बनाइएको भए पनि अहिलेसम्म कुनै पनि खतरनाक रसायन बाहिर फैलिएको छैन ।

अमेरिका र इजरायली अधिकारीका घरलाई निसाना बनाउने

इरानको संयुक्त सैन्य कमान्डका प्रवक्ताले आइतबार एक बयान जारी गरेका छन् । उनले अब अमेरिका र इजरायलका अधिकारीहरूको निजी निवास (घर) इरानका लागि ‘वैध लक्ष्य’ बनेको बताएका छन् । यो निर्णयको उद्देश्य पश्चिम एसियामा बसोबास गर्ने अमेरिकी र इजरायली सैन्य तथा राजनीतिक अधिकारीहरूलाई कडा चेतावनी दिनु रहेको छ ।

दक्षिण लेबनानमा पाँचजनाको मृत्यु

दक्षिण लेबनानको एउटा सहरमा इजरायलले गरेको हवाई हमलामा पाँचजनाको मृत्यु भएको छ । राष्ट्रिय समाचार एजेन्सीका अनुसार, यस हमलामा अन्य दुईजना घाइते भएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै