दक्षिण कोरियामा लगातार १४ महिनादेखि रोजगारी वृद्धि

काठमाडौँ । पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि भएको आधिकारिक तथ्याङ्कले बुधबार देखाएको छ ।

तथ्याङ्क मन्त्रालयको तथ्याङ्क अनुसार १५ वर्ष वा सोभन्दा बढी उमेरका बेरोजगारको सङ्ख्या दुई लाख ३४ हजार अथवा ०.८ प्रतिशतले बढेर फेब्रुअरीमा दुई करोड ८४ लाख १३ हजार पुगेको छ ।

यो गत वर्षको सेप्टेम्बरपछि सबैभन्दा तीव्र गतिमा भएको विस्तार हो भने गत वर्षको जनवरीदेखि लगातार १४औँ महिनासम्म वृद्धि जारी रहेको जनाइएको छ ।

समग्र रोजगारी वृद्धिमा ६० वर्ष वा सोभन्दा बढी उमेर समूहको रोजगारीको संख्या वार्षिक आधारमा फेब्रुअरीमा दुई लाख ८७ हजारले बढेको छ भने ३० र ५० वर्ष उमेर समूहको क्रमशः ८६ हजार र ६ हजारले बढेको जनाइएको छ ।

यद्यपि २० वर्ष उमेर समूहका मानिसहरूको रोजगारीमा एक लाख ६३ हजारको सङ्ख्यामा गिरावट आएको छ भने ४० वर्ष उमेर समूहका मानिसहरूको रोजगारी अपरिवर्तित रहेको जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै