ट्रम्पले भने, ‘इरानको मिसाइल उद्योगलाई नष्ट गरिदिन्छौँ’

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ‘मेजर कम्ब्याट अपरेशन’ सुरु गरिएको पुष्टि गरेका छन् । सामाजिक सञ्जाल ट्रुथमार्फत ट्रम्पले अमेरिकाले इरानमा ठूलो सैन्य अभियानको थालनी गरेको उल्लेख गरेका हुन् ।

‘हामीले धेरै पटक सम्झौताको प्रयास गर्‍यौँ । तर उनीहरूले मानेनन्’ ट्रम्पले भनेका छन्, ‘हामी इरानको मिसाइललाई उद्योगलाई पूर्ण रुपमा नष्ट गरिदिने छौँ, उनीहरुको मिसाइल उद्योगलाई माटोमा मिलाउनेछौँ ।’

यसअघि, इजरायलले इरानमा आक्रमण सुरू गरेको छ । इरानको राजधानी तेहरानमा इजरायलले मिसाइल खसाइरहेको छ । दानेशगाह स्ट्रिट र जम्हुरी क्षेत्रमा मिसाइल खसेका छन् ।

इजरायलका रक्षामन्त्री इजराइल कात्सले इजरायलमा ‘विशेष र स्थायी आपतकालीन स्थिति’को घोषणा गरेका छन् । उनका अनुसार इजरायलमा पनि देशभर आपत्‌काल घोषणा गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै