कमला कि ह्यारिस ! राजनीति, लिङ्ग र जातिको सन्दर्भमा सन्तुलन कसरी कायम गर्ने ?

वासिङ्टन । रासस।एएफपी : नाममा के छ र ? कमला ह्यारिसका लागि यो आफ्नो अधिकार स्थापित गर्ने, अप्रत्यक्ष रूपमा आफ्नो पहिचानको उत्सव मनाउने र उनका ह्वाइट हाउस प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पका आक्रमणहरूलाई कुण्ठित पार्ने माध्यम हो । पूर्व रिपब्लिकन राष्ट्रपतिले आफ्ना र्यालीहरूमा ह्यारिसलाई उनको पहिलो नामले सम्बोधन गर्न जारी राखेक छन् । यो पूर्व डेमोक्रेटिक राष्ट्रपति उम्मेदवार जो बाइडेनलाई ‘बाइडेन’ वा कहिलेकाहीँ ‘स्लिपी जो’ भनेर सम्बोधन गर्ने तरिकाभन्दा फरक छ ।

अठहत्तर वर्षीय अर्बपति ट्रम्पले जुलाईको अन्त्यमा एउटा र्यालीमा ‘उनको नाम भन्ने धेरै तरिका छन्’ भन्दै ‘कमला’ को उच्चारण बिगार्ने विन्दु पनि बनाएका छन् । “मैले भनेँ, चिन्ता नगर्नुहोस् । मैले के भन्छु त्यसको कुनै महत्त्व छैन । मैले गलत उच्चारण गरेँ भने मलाई केही फरक पर्दैन”, उनले भने । सतही रूपमा यो अपमानजनक उपनामहरूका लागि प्रसिद्ध एक राजनीतिज्ञको अर्को आक्रमण मात्र हो । तर एक महिला र रङ्गीन व्यक्तिको सन्दर्भमा ह्यारिसलाई उनको पहिलो नामले सम्बोधन गर्ने र त्यसलाई बिगार्ने ट्रम्पको जिद्दीले अझ विषाक्त स्वर लिन्छ ।

कोलोराडो स्टेट विश्वविद्यालयका सञ्चार प्राध्यापक कारिन भास्बी एन्डरसन भन्छन्, “महिला नेतृत्वकर्ताहरूलाई उनीहरूको पहिलो नामले सम्बोधन गर्नु प्रायः उनीहरूको अधिकारलाई कमजोर पार्न गरिन्छ ।” उच्चारणको सवालमा ट्रम्पले ह्यारिसलाई ‘अन्य’ बनाउने प्रयास गरिरहेका छन् र आफ्ना समर्थकहरूलाई उनका बुबा जमैकाबाट र आमा भारतबाट आप्रवासी भएको याद दिलाउँदै छन् भन्ने केहीको विश्वास छ । आप्रवासीहरूविरुद्ध विशेषगरी बढ्दो लैङ्गिक विभाजन भएको चुनावमा जातिवादी र हिंसात्मक वाक्यांश प्रयोग गर्ने एक राष्ट्रपति उम्मेदवारद्वारा सिर्जना गरिँदा यो छाप अझ तीखो हुन्छ ।

एन्डरसन भन्छन्, “ट्रम्पले प्रायः हास्यास्पद प्रभावका लागि उनको नाम गलत उच्चारण गर्नु उल्लेखनीय छ । यसले दक्षिण एसियाली वंशको एक कालो महिला राष्ट्रपतिका लागि दौडिनु हाँसोको पात्र हो भन्ने कुरालाई अप्रत्यक्ष रूपमा सङ्केत गर्दछ”, एन्डरसनले भने, “तर उनले केवल गलत उच्चारण गर्न मात्र नभई उनले आफ्नै नाम कसरी उच्चारण गर्ने भन्ने थाहा नभएको दाबी गर्नु पनि रोचक छ । यो चरम पुरुषवादी व्याख्या हो ।”

तथापि आफ्नो पहिलो नामको उत्सव मनाउने र यसको उच्चारण कसरी गर्ने भन्ने कुरामा जोड दिँदै ह्यारिसले ट्रम्पका आक्रमणहरूलाई उल्टाएकी छिन् । जब बाइडेनले जुलाईमा दौडबाट हटेर ह्यारिसलाई समर्थन गरे, अभियान टोलीको एक्स (ट्विटर) को खाता ‘बाइडेन एचक्यू’ बाट तुरुन्तै ‘कमला एचक्यू’ मा परिवर्तन भयो । र्यालीहरूमा ‘कमला’ का बोर्डहरूले उनका उपराष्ट्रपति उम्मेदवार टिम वाल्जलाई जनाउने ‘ह्यारिस वाल्ज’ पोस्टरहरूसँगै हल्लाइन्छन् ।

ह्यारिसले पृष्ठभूमिमा प्रकाशित ह्वाइट हाउससहित एक महत्त्वपूर्ण सम्बोधन गर्दै वासिङ्टनमा मङ्गलबार साँझ दशौं हजार मानिसले त्यो नाम जप्दै थिए । यसले क्षणको गम्भीरता र लगभग स्नेहपूर्ण स्वरबीचको भिन्नता सिर्जना ग¥यो । उच्चारणको सवालमा ६० वर्षीया उपराष्ट्रपतिका दुई भतिजीले अगस्टमा डेमोक्रेटिक राष्ट्रिय सम्मेलनमा एमी–विजेता अभिनेत्री केरी वासिङ्टनको सहयोगमा यो कसरी गर्ने भनेर बताउन मञ्च लिएका थिए ।

एक पक्षले ‘कमा’– ‘वाक्यमा कमा जस्तै’ जप्दै र अर्कोले ‘ला’ – ‘ला–ला–ला–ला–ला जस्तै’ जवाफ दिँदै तीन जनाले भीडलाई विभाजित गरे । केही ह्यारिस अभियानका बोर्डहरूमा उच्चारणप्रति एक चतुर सन्दर्भ ‘एलए’ समेत लेखिएको छ । ह्यारिसको पहिलो नामको अर्को संस्करण उनका सौतेनी छोराछोरी एला र कोल एम्होफले दिएको उपनाम ‘मोमाला’ पनि छ ।

म्याडम राष्ट्रपति

बाइडेनको दौडबाट हट्ने नाटकीय निर्णयपछि ह्यारिस ढिलो र कम प्रसिद्धिका साथ प्रवेश गरिन् । आफ्नो पहिलो नामले आफूलाई चिनाउनु यो अन्तर पुर्ने विभिन्न रणनीतिमध्ये एक हो । यो एक चाल हो । यसलाई अमेरिकी राजनीतिज्ञहरूले आफ्नो सार्वजनिक व्यक्तित्व निर्माण गर्न प्रायः प्रयोग गरेका छन् । प्रगतिशील अमेरिकी सिनेटर बर्नी स्यान्डर्सलाई प्रायः उनको पहिलो नामले चिनिन्छ । यातायातमन्त्री पिट बुटिजिजलाई इन्डियानाको साउथ बेन्डमा उनको पूर्व पदको सन्दर्भमा व्यापक रूपमा ‘मेयर पिट’ का रूपमा चिनिन्छ ।

कमलाको रूपमा परिचित हुनुले ह्यारिसलाई आफ्नो असामान्य पृष्ठभूमि र उनको राष्ट्रपतित्वको सम्भावित ऐतिहासिक प्रकृतिको सङ्केतहरू छर्न पनि अनुमति दिन्छ । “उनलाई आफू एक महिला वा एक कालो र दक्षिण एसियाली महिला हुनुको स्पष्ट सम्झना गराउन आवश्यक छैन”, रट्गर्स विश्वविद्यालयकी राजनीति विज्ञान प्राध्यापक केली डिट्मार भन्छिन्, “उनले राजनीतिक अभियानमा पहिचानको एक किसिमको दृष्टिकोण प्रतिनिधित्व गर्छिन् जुन, स्पष्ट हुन आवश्यक छैन ।”

पुरुषवादी व्याख्याको सवालमा पहिलो पटक फर्स्ट जेन्टलम्यान बन्ने आशा राख्ने ह्यारिसका पति डग एम्होफसँग सटीक जवाफ थियो । “श्री ट्रम्प, मलाई थाहा छ तपाईंलाई उनको नाम उच्चारण गर्न धेरै समस्या छ”, अगस्टमा एक अभियान कार्यक्रममा एम्होफले भने, “यहाँ राम्रो खबर छ । चुनावपछि तपाईंले उनलाई केवल म्याडम राष्ट्रपति भन्न सक्नुहुन्छ ।”

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै