ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्की बीच भनाभन हुँदा वार्तामै तनावः खनिज सम्झौता असफल

काठमाडौँ । अमेरिका र युक्रेनबीच हुने भनिएको खजिन सम्झौता असफल भएको छ । युक्रेनको खनिज अमेरिकाले प्रयोग गर्न पाउने गरी सम्झौता गर्ने तयारीका साथ वार्ता भए पनि असफल भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको वार्तामै भनाभन भएको छ ।

यसअघि अमेरिका र युक्रेनबीच खनिजसँग सम्बन्धी सम्झौता गर्न सहमति भएको थियो । यसै बैठकमा हस्ताक्षर गर्ने तयारी भए पनि बैठक तनावपूर्ण भयो । ह्वाइट हाउसमा उपराष्ट्रपति जेडी भान्सको साथमा रहेका राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई विभिन्न आरोप लगाएपछि भनाभनको स्थिति बनेको हो ।

ट्रम्पले तेस्रो विश्व युद्ध निम्त्याउन खोजेको र अमेरिकाले सहयोग नगरे रुससँगको युद्ध दुई सातामा सकिने बताएपछि वार्तामा भनाभनको स्थिति बनेको थियो । भनाभनको स्थिति बढ्दै जाँदा ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न भनेपछि उनी कुराकानी छोडेर निस्किएका थिए ।

अहिले युक्रेन र अमेरिका मात्र नभई संसार भरमा नै यसको चर्चा भएको छ । खनिज सम्झौता अहिले नहुने भएको छ । बैठक तनावपूर्ण भएर सकिएपछि जेलेन्स्कीले अमेरिकाले युद्धको क्रममा गरेको सहयोगमा धन्यवाद ज्ञापन गर्दै युक्रेन र अमेरिकाको सम्बन्ध दुई राष्ट्रपतिको सम्बन्ध भन्दा धेरैमाथि रहेको बताए ।

ट्रम्पले सामाजिक सामाजिक सञ्जाल ट्र्थ सोसलमा जेलेन्स्कीले अमेरिकी नागरिकको अपमान गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै