अमेरिकामा इलोन मस्क नेतृत्वको डजले दियाे यस्ताे कडा निर्देशन

काठमाडाैँ । अमेरिकामा इलोन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डिपार्टमेन्ट अफ गभरमेन्ट इफिसिएन्सी (डज) ले त्यहाँका सरकारी कर्मचारीहरूलाई गत साता गरेका कामको सूची पठाउनू नत्र राजीनामा दिनू भनी इमेल पठाएको छ । बीबीसीका अनुसार अमेरिकी सरकारी कर्मचारीहरूले शनिबार दिउँसो त्यस्तो इमेल प्राप्त गरेका हुन् ।

यसअघि इलोन मस्कले एक्समा लेखेका थिए, ‘कर्मचारीहरूले छिट्टै इमेल पाउनेछन्, यसको उद्देश्य उनीहरूले गत साता के कस्ता काम पूरा गरेका छन् भन्ने थाहा पाउनु हो ।’ अनि उनले यसो पनि भनेका थिए, ‘यदि तपाईं यो इमेलको जवाफ दिन असफल हुनुभयो भने त्यसलाई तपाईंको राजीनामा मानिनेछ।’

मस्क नेतृत्वको सरकारी दक्षता विभागको उद्देश्य अमेरिकी सरकारको खर्च कटौती गर्नु हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्सलाई सम्बोधन गरेपछि कर्मचारीहरूले यो इमेल प्राप्त गरेका हुन्।

इमेलमा सोधिएको छ, ‘तपाईंले गत हप्ता के गर्नुभयो?’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै