जर्मनीमा आम निर्वाचनका लागि मतदान

काठमाडाैँ । जर्मनीमा आम निर्वाचनका लागि मतदान सुरु भएको छ । चान्सलर ओलाफ सोल्जले नेतृत्व गरेको तीन पार्टीको सत्तारुढ गठबन्धन टुटेपछि समयअगावै चुनाव भएको हो ।

सोल्ज सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी)का नेता हुन् । यो चुनावबाट क्रिस्टियन डेमोक्र्याटिक युनियन पार्टी (सीडीयु) का फ्रेडरिक मर्ज नयाँ चान्सलर बन्ने अनुमान गरिएको छ। परम्परावादी सो समूहले ३० प्रतिशत हाराहारी मत ल्याउने अनुमान छ ।

चरम दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टी दोस्रो हुने प्रक्षेपण छ। उसले २० प्रतिशत मत पाउने बताइएको छ । अमेरिकाको अनुदार खेमाले खुलेआम यो चुनावमा एएफडीलाई जिताउन आह्वान गरिरहेका छन् ।

चुनावपछि अन्य पार्टीहरूले गठबन्धन गरेर एएफडीलाई सत्ताबाहिर राख्ने अपेक्षा गरिएको छ । सबैभन्दा ठूलो पार्टी बनेमा सीडीयूका मर्जले एसपीडी वा ग्रिन पार्टीसँग गठबन्धन गर्ने आकलन छ । जर्मनीमा ५.९२ लाख मतदाता छन्।

युरोपकै ठूलो अर्थतन्त्र भएको यो देश पछिल्लो समय मन्दीको सामना गरिरहेको छ । पूर्वाधार, आप्रवासन, सुरक्षाजस्ता मुद्दामा मतदान भइरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै