एउटा गाईको मूल्य ४० करोड, बन्यो विश्व रेकर्ड

काठमाडौँ । भारतीय नस्लको एक गाई ४० करोड रुपैयाँमा बिक्री भएको छ । ब्राजिलमा आयोजित पशु मेलामा भएको यो खरिदबिक्री मूल्यले विश्व रेकर्ड राखेको दाबी गरिएको छ ।

ब्राजिलको मिनास गेरेसमा एक ग्राहकले भियाटिना–१९ नाम राखिएको गाईलाई हालसम्मकै सबैभन्दा महँगो मूल्यमा खरिद गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ज भएको द इकोनोमिक टाइम्सले जनाएको छ ।

नेल्लोर नस्लको उक्त गाईको वजन १ हजार १०१ किलो थियो । यो वजन नेल्लोर नस्लका अन्य गाईको तुलनामा करिब दोब्बर बढी हो । नेल्लोर नस्लको गाई भारतको आन्ध्रप्रदेश र तेलंगनामा पाइन्छ । यो नस्लका गाई असाधारण जीन र शारीरिक रुपमा सुन्दर देखिन्छन् ।

एनडिटिभी वर्ल्डको समाचार अनुसार नेल्लोर नस्लको गाईमा गर्मी सहनसक्ने क्षमता हुन्छ । अरु गाईले गर्मीयाममा कम दूध दिने गरे पनि यो गाईको दूध भने नघट्ने दाबी गरिन्छ ।

अहिले भने यो नस्लको भियाटिना–१९ नामको गाईले विश्वभर चर्चा पाएको छ । यसअघि यो गाईले मिस साउथ अमेरिकाको टाइटल पनि जितेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै