भारतले नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने

काठमाडौँ । भारत सरकारले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने भएको छ । भारतले आर्थिक वर्ष २०२५–२६ मा नेपाललाई उक्त रकमको अनुदान सहयोग गर्ने भएको हो ।

भारतीय शनिबार आर्थिक वर्ष २०२५–२६ को वार्षिक बजेट प्रस्तुत गर्दै नेपाललाई सहयोग गर्ने उल्लेख गरेको हो । अर्थमन्त्री निर्मला सीतारमणले संसदमा प्रस्तुत गरेको बजेटमा नेपाललाई उक्त सहयोग गरिने उल्लेख गरिएको हो । भारतले अघिल्लो आर्थिक वर्ष नेपाललाई ६ अर्ब ५७.३८ करोड भारु (नेपाली रुपैयाँ १० अर्ब ५१ करोड) अनुदान दिएको थियो ।

आगामी वर्ष भारतले विदेश मन्त्रालयका लागि छुट्याइएको कुल २० हजार ५१६ करोड भारतीय रुपैयाँको बजेटमा ५ हजार ४८३ करोड वैदेशिक सहायताका लागि छुट्याइएको छ ।

वैदेशिक सहायता शीर्षकमा सबैभन्दा बढी भुटानलाई २ हजार १५० करोड भारु अनुदान दिने जनाइएको छ ।  भुटानपछि दोस्रो ठूलो सहयोग रकम नेपालका लागि बजेटमा छुट्याएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै