सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

काठमाडौँ ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित आफ्ना ‘सिटिजन लिडर्स’लाई सम्मान तथा शुभकामना प्रदान गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित “शुभकामना आदान–प्रदान कार्यक्रम” मार्फत सांसदहरूलाई बधाई ज्ञापन गरिएको हो ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित रुकेश रञ्जित र समानुपातिकतर्फ निर्वाचित प्रमिला कसजुलाई खादा, पुष्पगुच्छा तथा सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा करिब ६० जना अभिकर्ता, शाखा कर्मचारी तथा कम्पनीका उच्च व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद प्रमिला कुलुजुले सिटिजन लाइफसँगको अनुभवले आफ्नो नेतृत्व क्षमता विकास, व्यक्तित्व अभिवृद्धि तथा टिम निर्माणमा महत्वपूर्ण योगदान दिएको बताइन् । उनले यही अनुभवले आफूलाई वर्तमान स्थानसम्म पुग्न मार्गदर्शन गरेको उल्लेख गर्दै कम्पनीप्रति आभार व्यक्त गरिन् ।

त्यसैगरी सांसद रुकेश रञ्जितले बीमा क्षेत्रमा देखिएका चुनौतीहरू, विशेषगरी कर प्रणाली सुधारलगायत विषय संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरे। उनले बीमा क्षेत्रको सुदृढीकरण र जनविश्वास अभिवृद्धिका लागि आवश्यक पहल गर्ने धारणा राख्दै विज्ञहरूसँग सहकार्यलाई निरन्तरता दिने बताए ।

कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले आफ्ना अभिकर्ता नीति निर्माण तहसम्म पुग्नु संस्थाको सशक्त मानव संसाधन विकासको उदाहरण भएको उल्लेख गरे। प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले पनि नव–निर्वाचित सांसदहरूलाई शुभकामना दिँदै उनीहरूको भूमिकाले बीमा क्षेत्रमा सकारात्मक नीतिगत सुधारमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कम्पनीले आफ्ना अभिकर्ताहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा सामाजिक योगदानलाई निरन्तर प्राथमिकता दिँदै आएको जनाएको छ । यस्ता उपलब्धिहरूले बीमा क्षेत्रको विस्तार र भावी पुस्तालाई प्रेरणा दिने विश्वास पनि कम्पनीले व्यक्त गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै