सरकारले नीति बनाइदिए बूढीगण्डकीजस्ता जलविद्युत् आयोजना निजी क्षेत्रले बनाउन सक्छः इप्पान

काठमाडौँ । निजी क्षेत्रले चुनावका बेला राजनीतिक दलहरूले ठूला जलविद्युत् आयोजना बनाउने नारा दिने तर सत्तामा पुगेपछि नीतिगत निर्णय नगर्ने गरेको भन्दै सरकारबाट स्पष्ट प्रतिबद्धता मागेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) ले सरकारले नीतिगत सहजीकरण र वातावरण बनाइदिएमा बूढीगण्डकीजस्ता महत्त्वाकाङ्क्षी आयोजना पनि निजी क्षेत्रले बनाउन सक्ने दाबी समेत गरेको छ ।

सङ्घका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रले अहिले ५०० मेगावाटसम्मका आयोजना बनाउन थालिसकेको र एउटै परियोजनामा १५ देखि १६ लाख शेयरधनी हुन थालेकाले पूँजी जुटाउन सहज भइसकेको बताए । उनले सरकारले जग्गा लिज, वन प्रवेश, पीपीए खुला गर्ने र विद्युत् खरिदको ग्यारेन्टीजस्ता नीतिगत विषयमा तत्काल निर्णय गरिदिनुपर्ने उनको भनाइ छ ।

कार्कीकाअनुसार निजी क्षेत्रले २६ वर्षमा १३ खर्ब रुपैयाँ लगानी गरेर ३३ सय मेगावाटभन्दा धेरै उत्पादन गरिसकेको छ । अनुभव र लगानी जुटाउन सक्ने क्षमताका कारण ठूला आयोजना बनाउन निजी क्षेत्र तयार अवस्थामा रहेको उनले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै