अन्नपुर्ण राठी केवल इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, विदेशी लगानी भित्र्याउने

काठमाडौँ । अन्नपुर्ण राठी केवल इन्डस्ट्रीज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले फागुन २५ गते बोलाएको साधारणसभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुन लागेको हो ।

त्यस्तै कम्पनीले विदेशी लगानी भित्र्याउने र सो समबन्धि प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ । सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र यी कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि पेश हुने छ ।

यो कम्पनी राठी ग्रुप अन्तर्गतको हो । कम्पनीले राठी र अन्नपूर्ण ब्राण्डमा विभिन्न प्रकारका तार र केवल उत्पादन गर्दै आएको छ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

१. आ.व.२०८१/०८२ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने बारे ।

२. आ.व.२०८१/०८२ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गर्ने बारे ।

३. आगामी आ.व.२०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने बारे ।

४. सञ्चालक समितिको कार्यकालको सम्बन्धमा ।

५. नगद लाभांश वितरणन गर्ने सम्बन्धमा ।

६. कम्पनीको उद्देश्य थप गर्ने विशेष प्रस्ताव ।

७. कम्पनीको संस्थापक शेयरधनी समुह (क) तथा सर्वसाधारण शेयरधनी समूह (ख) तर्फको पूँजी संरचना परिवर्तन गर्ने बिशेष प्रस्ताब ।

८. IPO निष्काशनको लागि आबश्यक प्रकृया शुरुवात गर्ने सम्बन्धमा ।

९. कम्पनीको शेयर बिक्री पश्चात विदेशी लगानी भित्रयाउने सम्बन्धमा ।

१०. प्रबन्धपत्र/नियमावलीमा भएको संसोधन अभिलेख गराउने सम्बन्धमा। विविध / अख्तियारी प्रत्यायोजन गर्ने बारे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै