एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौँ । एनएमबि बैंकले अन्तर्राष्ट्रिय भुक्तानी सेवामा उच्च दक्षता प्रदर्शन गरेबापत जर्मनीको कमर्ज बैंक एजीबाट ‘एसटीपी अवार्ड २०२५’ प्राप्त गरेको छ ।

बैंकले जारी गरेको जानकारी अनुसार यो अवार्ड अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा उच्चस्तरीय स्वचालन (Straight Through Processing) कायम गर्दै छिटो, सुरक्षित र त्रुटिरहित कारोबार सम्पन्न गर्ने संस्थालाई प्रदान गरिन्छ । सीमित बैंकहरूले मात्र पाउने यस अवार्डले एनएमबि बैंकको प्राविधिक क्षमता र सेवा गुणस्तरलाई प्रतिबिम्बित गर्ने जनाइएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले ग्राहकलाई सरल र सहज अन्तर्राष्ट्रिय बैंकिङ सेवा उपलब्ध गराउने प्रयासको परिणामस्वरूप उक्त उपलब्धि हासिल भएको बताए। उनले उच्च मापदण्ड कायम राख्दै द्रुत र सुरक्षित सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको उल्लेख गरे ।

यस उपलब्धिसँगै एनएमबि बैंक अन्तर्राष्ट्रिय व्यापार, लगानी तथा वित्तीय कारोबारका लागि विश्वसनीय साझेदारका रूपमा थप सुदृढ बनेको बैंकले जनाएको छ ।

हाल बैंकले देशभर १९८ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै