एलन मस्कको सम्पत्ति ४२९ अर्ब डलर नाघ्यो

काठमाडौँ । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) एलन मस्कको सम्पत्ति चार सय अर्ब डलर नाघेको फोर्ब्सले जानकारी दिएको छ। उनको सम्पत्ति अहिले ४२९.२ अर्ब डलर पुगेको छ ।

यस आर्थिक वर्षमा टेस्लाका शेयरहरूको ७१ प्रतिशतको वृद्धि र मस्कको रकेट कम्पनी स्पेसएक्सको मूल्याङ्कनमा भएको वृद्धि नै यस सफलताको प्रमुख कारण बनेका छन् । ब्लुमबर्गका अनुसार संसारकै धनी व्यक्ति एलन मस्कको सम्पत्ति नयाँ कीर्तिमान कायम गर्दै ४०० अर्ब डलर पुगेको हो । यो उपलब्धि हासिल गर्ने मस्क पहिलो व्यक्ति बनेका छन् । एलन मस्कको सम्पत्तिमा करिब २० अर्ब डलरको वृद्धि स्पेसएक्सको मूल्यांकन ३५० अर्ब डलरसम्म पुगेपछि भएको हो । मस्कको रकेट कम्पनी स्पेसएक्स र लगानीकर्ताहरूले कम्पनीको १.५ अर्ब डलरसम्मको आन्तरिक सेयर खरिद गर्ने सहमति गरेका छन् ।

मस्क टेस्लाको सबैभन्दा ठूलो शेयरधनी हुन् । कम्पनीमा उनको १३ प्रतिशत हिस्सेदारी रहेको छ । स्पेसएक्स र टेस्लाका साथसाथै मस्कका अन्य कम्पनी जस्तै न्युरालिंक र एक्सले पनि उनका सम्पत्ति वृद्धिमा योगदान पुर्‍याएका छन् । टेस्ला र स्पेसएक्सका बाहेक मस्कको स्वामित्व अन्य थुप्रै कम्पनीहरु एक्स, न्युरालिंक, एक्सएआई, र द बोअरिङ कम्पनीमा समेत छ ।

मस्कले हालै डोनाल्ड ट्रम्पको चुनावी अभियानमा पनि ठूलो योगदान गरेका थिए । जसले उनलाई अमेरिकी व्यवसाय र सरकारको नीति निर्माणमा विशेष भूमिका दिने विश्वास गरिएको छ । अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि यनीसँगको सहकार्यले मस्कका व्यवसायहरूलाई अगाडि ल्याएको छ । उनले विवेक रामास्वामीसँग मिलेर ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसेन्सी’ नामक नयाँ सरकारी विभागको निरीक्षण गर्नेछन्।

टेस्लाको सेयर मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको छ । टेस्लाको सेयर मूल्य करिब ६५ प्रतिशतले बढेको छ । जसको प्रत्यक्ष लाभ मस्कले पाएका छन् । यससँगै मस्कको एआई स्टार्टअप एक्सएआईको मूल्य पनि नोभेम्बरमा दोब्बर वृद्धि हुँदै ५० अर्ब डलर पुगेको छ।

ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सअनुसार, मस्क अब दोस्रो धनी व्यक्ति जेफ बेजोसभन्दा १४० अर्ब डलरले अगाडि छन् । डिसेम्बर १० मा उनका सम्पत्ति ४०० अर्ब डलर नपुगेको बेलामा पनि उनी बेजोसभन्दा निकै अगाडि थिए । मस्कका प्रयासहरूले प्राविधिक सहायताका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका छन् ।मस्कले अझै पनि विभिन्न माध्यमबाट आगामी दिनमा थप सम्पत्ति आर्जन गर्ने देखिएको छ ।

यससँगै, मस्क अब संसारका सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा अझ अगाडि बढेका छन् । उनले ४०० अर्ब डलर भन्दा धेरै कमाएर एक नयाँ रेकर्ड कायम गरेका छन् । रोयटर्स

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै