उद्योगी शेखर गोल्छा भैरहवाबाट पक्राउ; सीआईबीद्वारा अनुसन्धान सुरु

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज भैरहवाबाट नियन्त्रणमा लिएको हो ।

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल संलग्न रहेको भनिएको गैरकानुनी कारोबारमा गोल्छाको पनि संलग्नता देखिएको प्रारम्भिक आधारमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

सीआईबीले उक्त प्रकरणमा भइरहेको सूक्ष्म अनुसन्धानका क्रममा थप तथ्यहरू फेला पारेपछि गोल्छालाई नियन्त्रणमा लिएको हो। उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ । घटनाको विस्तृत विवरण र उनीमाथि लगाइने औपचारिक मुद्दाबारे सीआईबीले थप जानकारी दिने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै