रास्वपाको जिल्ला अधिवेशन वैशाख १५ देखि, सांसदहरूलाई नयाँ जिम्मेवारी तोकिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि जिल्ला अधिवेशनहरू सुरु गर्ने निर्णय गरेको छ । आइतबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता मनिष झाले वैशाख १५ बाट जिल्ला अधिवेशनको प्रक्रिया अघि बढ्ने बताए ।

त्यस्तै, रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नभएका निर्वाचन क्षेत्रहरूमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय पनि गरेको छ। यसले सम्बन्धित क्षेत्रमा पार्टीको संगठन विस्तार र जनसम्पर्कलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।

सचिवालय बैठकले गरेका यी निर्णयहरू र आगामी रणनीतिका बारेमा छलफल गर्न रास्वपाले भोलि (सोमबार) केन्द्रीय समितिको बैठक बोलाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै