थप महँगियो डिजेल-मट्टितेल, पेट्रोलको भाउ यथावत

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य पुनरवलोकन गरेको छ । बुधबार सूचना जारी गर्दै मध्य रातिबाट लागू हुने गरी डिजेल र मट्टितेल प्रतिलिटर ३० रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएको हो ।

पछिल्लो हेरफेरपछि डिजेल र मट्टितेल (तेस्रो वर्गका लागि) २३७ रुपैयाँ प्रतिलिटर पुगेको छ । पहिलो वर्गमा भने २३४.५० र दोस्रो वर्गमा २३६ रुपैयाँ रहेको छ । यसअघि तेस्रो वर्गका लागि प्रतिलिटर २०७ रुपैयाँ, पहिलो वर्गका लागि २०४.५० रुपैयाँ र दोस्रो वर्गका लागि २०६ रुपैयाँ रहेको थियो ।

मूल्य समायोजनपछि डिजेलमा प्रतिलिटर ९९.१६ रुपैयाँ अझै घाटा हुने निगमको भनाइ छ । इन्डियन आयल कर्पोरेसनले नेपालमा नयाँ खरिद मूल्यसूची पठाएपछि नेपालमा पनि हेरफेर भएको हो ।

यसैगरि निगमले हवाई इन्धन आन्तरिकतर्फ पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरी २५६ रुपैयाँ तोकेको छ । यसअघि प्रतिलिटर २५१ रुपैयाँ रहेको थियो । तर पेट्रोल र खाना पकाउने ग्याँसको भाउ भने यथावत राखिएको निगमले जनाएको छ ।

May be an image of text

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै