बिट्क्वाइनको मूल्य १ लाख डलर नाघ्यो, एक वर्षमा दोब्बर

काठमाण्डौँ । भर्चुअल करेन्सी बिट्क्वाइनको मूल्य पहिलोपटक १ लाख डलर माथि पुगेको छ । पछिल्ले एक वर्षको अवधिमा भने बिट्क्वाइनको मूल्य दोब्बरले बढेको हो ।

विशेषत अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्प निर्वाचित भएपछि लगानीकर्ताले लगानी बढाउदा बिट्क्वाइनको मूल्य नयाँ उचाईमा पुगेको हो । नोभेम्बरको सुरुवातमा भएको निर्वाचनमा ट्रम्प विजयी भएदेखि बिट्क्वाइनको मूल्य ४० प्रतिशतले बढिसकेको छ । ट्रम्पबाट ठूलो राजनीतिक तथा नियामकिय समर्थन पाउने विश्वासका साथ लगानीकर्ताले बिट्क्वाइनमा लगानी खन्याएका हुन् ।

निर्वाचनअघि ट्रम्पले अमेरिकालाई बिट्क्वाइनको ‘सुपरहाउस’ बनाउने घोषणपछि बिट्क्वाइनमा लगानी वृद्धि भईरहेको छ ।

बुधबार ट्रम्पले क्रिप्टोको पक्षमा वकालत गर्ने पउल एट्किन्सलाई बजारको मुख्य नियामक,‘सेक्युरिटीज् एण्ड एक्सचेञ्ज कमिशन’ सञ्चालन गर्न मनोनयन गरेका छन् । यसले क्रिप्टोकरेन्सीका लागि अनुकूल नियामकिय वातावरण सिर्जना हुने विश्वास गरिएको छ ।

ट्रम्पले अन्य थुप्रै क्रिप्टोमा रुचि राख्ने व्यक्तिहरुलाई समेत शीर्ष जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै