एलपी ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवाना

काठमाडौँ । अभावको बेलामा एलपी ग्यास लुकाएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले पोखरा– ६ जरेवरको भण्डारी ट्रेडर्सलाई ५० हजार जरिवाना गरेको छ । डिलरले ४८ थान ग्यास सिलिन्डर (१४.२ केजी) लुकाएर राखेर कृत्रिम अभाव खडा गरेको भन्दै प्रशासनले जरिवाना गराएको हो ।

शनिवार जिल्ला प्रशासनसहितको एक टोलीले बजार अनुगमन गरेको थियो । सो डिलरमा एउटा सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्यास सार्ने उपकरणसमेत फेला परेको छ । उनीमाथि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको प्रशासनले जानकारी दिएको छ ।

इरानमा अमेरिका र इजरायलले आक्रमण सुरु गरेपछि विश्वव्यापी रूपमै इन्धनको अभाव बढेको छ । त्यसको प्रभाव नेपालमा समेत परेको छ । कृत्रिम अभाव गराउन ग्यास लुकाउन सक्ने भनेर कास्कीका सहायक सिडिओ एवं निरीक्षण अधिकृत शिव लम्साल र अर्का सहायक सिडिओ चित्रांगत बराल नेतृत्वमा उपभोक्ता अधिकारकर्मी लगायतको टोलीले पोखराका ५ वटा ग्याँस डिलरहरूको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा ३ वटा डिलरमा ग्यासको अनुचित भण्डारण भएको र एउटा डिलरमा ३२४ थान ग्यास सिलिन्डर झार्दै गरेको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै