काठमाडौँ । ओखलढुंगामा नेपाली काँग्रेसका उम्मेदवार कुमार लुईटेल ६ भोट कम पाउँदा बिजयी हुनबाट चुकेका छन् । रास्वपाका विश्वराज पोखरेलले लुँटेलकोभन्दा पाँच भोट बढी मत ल्याएपछि जितको नजिक पुगेर पनि पराजि हुनुपर्ने अवस्था आएको हो ।
नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेलले १३ हजार ९४८ मत ल्याए । पोखरेलले कुल १३ हजार ९५३ मत ल्याएर निर्वाचित भएका हुन् । रास्वपा उम्मेदवार पोखरेल नेपाल प्रहरीका पूर्व एआइजी हुन् ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीका अम्विर बाबु गुरुङ्गले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार अस्मिता थापालाई पछाडी पारे । गुरुङ्गले कुल ११,२९६ मत पाए । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को अस्मिता थापाले १०,७२० मत ल्याउँदै चौंथो स्थानमा रहिन् ।
यस निर्वाचन क्षेत्रबाट श्रम संस्कृति पार्टीबाट चुनाव लडेका उद्धव कुमार राईले ३,८५८ मत ल्याउन सफल भए भने उज्यालो नेपाल पार्टीका किशोरी कार्कीले ९६५ मल्याइन् ।