काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग भोलि (बुधबार) प्रत्यक्ष अन्तरक्रिया गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा मध्याह्न १२ बजे आयोजना हुने उक्त कार्यक्रममा विभिन्न ुक्लस्टरुबाट प्रतिनिधित्व गर्ने सांसदहरू सहभागी हुनेछन् ।
संवादको मुख्य उद्देश्य:
प्रत्यक्ष धारणा: माननीय सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती र समाधानका उपायबारे प्रधानमन्त्रीसमक्ष प्रत्यक्ष धारणा राख्ने ।
प्रभावकारी नीति निर्माण: जनप्रतिनिधि र कार्यपालिकाबीच सीधा संवाद स्थापित गरी नीति निर्माण र कार्यान्वयनलाई थप नतिजामुखी बनाउने ।
सुशासन सुदृढीकरण: शासन प्रणालीलाई उत्तरदायी र जनमुखी बनाउन यो अन्तरक्रियालाई एउटा महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ ।
सिंहदरवार स्रोतका अनुसार, विकास निर्माण र सामाजिक न्यायका सवालमा पिछडिएका क्षेत्र एवं समुदायको आवाजलाई नीतिगत तहमा प्राथमिकता दिन यो छलफल फलदायी हुने अपेक्षा गरिएको छ ।