काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फको २० जना समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समावेशी क्लस्टर र कानुनी प्रावधान अनुसार सांसदहरूको नाम चयन गरेको हो ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार संघीय संसद ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण कांग्रेसले प्राप्त गरेको २० सिटमध्ये १५ सिटमा महिलालाई अनिवार्य चयन गरिएको छ ।
समावेशी क्लस्टर अनुसारको बाँडफाँट:
कांग्रेसले निर्वाचन आयोगमा बुझाउने तयारी गरेको सूचीमा विभिन्न क्लस्टरलाई यसरी समेटिएको छ:
आदिवासी जनजाति: ६ जना
खस आर्य: ६ जना
थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्र: बाँकी ५ जना (महिला)
अन्य समावेशी: ३ जना
प्रवक्ता चालिसेले भने, “हामीले बन्दसूचीमा आधारित रहेर समावेशी सिद्धान्त अनुसार निर्णय गरेका छौँ । यो सूची आजै निर्वाचन आयोगमा बुझाइनेछ । यदि प्राविधिक रूपमा क्लस्टर तल-माथि परेमा आयोगको समन्वयमा सच्याइनेछ ।”
बैठकले निर्वाचनको विस्तृत समीक्षा गर्नका लागि केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय समेत गरेको छ । आयोगले दलहरूले पठाएको नाम रुजु गरेपछि मात्र सांसदहरूको अन्तिम सूची सार्वजनिक गर्नेछ ।
यी हुन् कांग्रेसका २० समानुपातिक सांसद
क. खसआर्य कोटाबाट
१.सुशीला ढकाल
२.रुक्मिणीदेवी कोइराला
३. रीना उप्रेती,
४. सीता थपलिया
५. गंगा शाही
६. अर्जुननरसिंह केसी
ख. आदिवासी जनजाति कोटाबाट
७.गीताकुमारी सेन्दाङ
८. गंगालक्ष्मी अवाल
९. गीता गुरुङ
१०. रेनुका काउचा
११. सुनिताकुमारी सुवेदी
१२. भीष्मराज आङ्देम्बे
ग. मधेशी कोटाबाट
१३.निनुकुमारी कर्ण
१४.रेखाकुमारी यादव
१५.चन्द्रमोहन यादव
घ. दलित कोटाबाट
१६.हरिनादेवी कामी
१७. पवित्रा विक
१८. मानबहादुर नेपाली
ङ.थारू कोटाबाट
१९. प्रमिलाकुमारी गच्छदार
च. मुस्लिम कोटाबाट
२०.शाहजान खातुन