बालेन्द्रले गरे ‘पीएमफरनेपाल’ नामको जिमेल अकाउन्ट अपडेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री नियुक्त नहुँदै सो पदसँग जोडेर आफ्नो जिमेल अकाउन्ट अपडेट गरेका छन् ।

बालेन्द्रको फेसबुकमा ‘[email protected]’ नामको जिमेल अकाउन्ट अपडेट भएको देख्न सकिन्छ।

उनको पार्टी रास्वपाले प्रतिनिधिसभामा बहुमत प्राप्त गरेको छ। उनी प्रधानमन्त्रीका उम्मेदवारको रूपमा उम्मेदवार बनेका थिए। पार्टीले बहुमत प्राप्त गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चत छ । यद्यपी, प्रधानमन्त्रीका लागि प्रक्रिया पूरा नहुँदै बालेन्द्रले गरेको अकाउन्ट अपडेट सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै