भेन्चर हायर पर्चेजले ११ लाख कित्ता आइपीओ निष्कासन गर्ने, सेबोनसँग माग्यो अनुमति

काठमाडौँ । भेन्चर हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो ।

कम्पनीले कुल ११ करोड रुपैयाँ बराबरको सेयर निष्कासनका लागि फागुन २९ गते बोर्डसँग अनुमति मागेको हो।

निष्कासन प्रक्रिया र बिक्री प्रबन्धक

बोर्डबाट अनुमति प्राप्त भएपछि कम्पनीले दुई चरणमा सेयर निष्कासन गर्नेछ:

पहिलो चरण: वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि।

दोस्रो चरण: सर्वसाधारणका लागि।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै