सेना दिवस समारोहमा प्रधानमन्त्री कार्की सहभागी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की आज नेपाली सेनाद्वारा आयोजित महाशिवरात्रि तथा सेना दिवस-२०८२ को विशेष कार्यक्रममा सहभागी भएकबि छज् । सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त समारोहमा उनले सेनाद्वारा प्रस्तुत महाशिवरात्रि बढाइँ, मार्च पास्ट र विभिन्न सैनिक कलाको अवलोकन गरिन् ।

राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहेका उक्त कार्यक्रममा नेपाली सेनाका आधुनिक हातहतियार प्रदर्शनका साथै मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका सैनिक ब्यान्डहरूको समेत प्रस्तुति रहेको थियो ।

वि.सं. १८१९ मा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले स्थापना गरेको नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिको दिन आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै