२१ घण्टा लामो इरान-अमेरिका वार्ता निष्कर्षविहीन, मध्यपूर्वको युद्ध अन्त्य अनिश्चित

काठमाडौँ । पाकिस्तानमा इरान र अमेरिकाबीचको शान्ति वार्ता निष्कर्षविहीन बनेको छ । २१ घण्टाभन्दा बढी समयसम्म चलेको वार्ता निष्कर्षविहीन भएसँगै अमेरिकी उपराष्ट्रपति जेडी भान्स आफ्नो टोलीसहित अमेरिका प्रस्थान गरेका छन् ।

स्वदेश फर्कनुअघि भान्सले पत्रकार सम्मेलन गरेका थिए । त्यसमा उनले सम्झौताको अभाव अमेरिकाका लागि भन्दा इरानको लागि बढी नराम्रो भएको बताए । उनले अमेरिका सम्झौता बिना फर्किरहेको स्पष्ट पारे ।

भान्सले अमेरिकाको सर्तहरू स्पष्ट रहेको बताए । तर, इरानले ती स्वीकार नगरेको उनको भनाइ थियो । कुनै पनि सम्झौतामा इरानले आणविक हतियार विकास नगर्ने वाचा गर्नुपर्ने उनले बताए ।

दुई पक्षबीचको वार्ता निष्कर्षविहीन बनेसँगै मध्यपूर्वमा जारी युद्ध अन्त्य अनिश्चित बनेको छ । अहिले दुई हप्ताका लागि युद्ध विराम भएको छ । यसबीच दुई अमेरिकी युद्धपोत इरानले रोकेर राखेको मार्गबाट बाहिरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै