काठमाडौँ । बलिउड अभिनेता शाहरुख खान कला क्षेत्रमा दिएको योगदानका लागि मात्र नभई धनाढ्य अभिनेताको रूपमा पनि चिनिँदै आएका छन् ।
उनको यो उचाइ थप चुलिएको छ । हालै मात्र उनी पहिलोपटक हुरुन ग्लोबल रिच लिस्ट २०२६ मा १.३ अर्ब अमेरिकी डलर सम्पत्तिसहित समावेश भएका छन् । विश्वभरका अमेरिकी डलर अर्बपतिको सूचीमा समेटि“दै उनले यो कीर्तिमान कायम गरेका हुन् ।
जनवरी १५ सम्मको तथ्यांकका आधारमा गरिएको गणनाअनुुसार शाहरुखको सम्पत्ति १.३ अरब अमेरिकी डलर रहेको छ । यो लिस्टमा पर्ने विश्व कलाकारहरूमा जे–जेड (२.८ अर्ब अमेरिकी डलर), टेलर स्विफ्ट (१.६ अर्ब डलर) र रिहाना (१.५ अर्ब डलर) रहेका छन् । यो वर्ष भने नया सेलिब्रेटीको रूपमा शाहरुख खान, ब्रुस स्प्रिङस्टि र म्याजिक जोन्सन पहिलोपटक समावेश भएका हुन् ।
यस सूचीमा भारत ३ सय ८ अर्बपतिसहित तेस्रो स्थानमा छ । चीन र अमेतिरका क्रमशः ११ सय १० जना र १ हजार जना अर्बपतिसहित पहिलो र दोस्रो स्थानमा रहेका छन् । सूचीमा समावेश भएका सेलिब्रेटी अर्बपतिबारे हुरुन रिपोर्टका अध्यक्ष तथा प्रमुख अनुसन्धानकर्ता रुपर्ट हुगेवेर्फले सन् २०२६ को हुरुन सूचीले सेलिब्रेटी सम्पत्तिको क्षेत्रमा एक महत्वपूर्ण मोड देखाएको बताएका छन् ।
ब्रान्ड र प्रविधिमा गरिएको रणनीतिक स्वामित्वले परम्परागत पारिश्रमिकभन्दा धेरै प्रभावशाली नतिजा दिएको उनको भनाइ छ । शाहरुख अब आफ्नो नया फिल्म किङका साथ डिसेम्बरमा दर्शकमाझ आउने छन् ।