काठमाडौँ । पश्चिम एसियामा युद्ध चर्किएसँगै ८२ हजार एक सय जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएका छन् । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा उक्त संख्यामा विवरण दर्ता भएको हो ।
शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिब ६ हजार जनाले सुरुमा आफूहरू असुरक्षित रहेको उल्लेख गरेका छन् ।
इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका कारण पश्चिम एसियाका देशहरूबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १७० पटक सम्पर्क भएको क्षेत्रीले बताए ।
ब्रिफिङमा प्रवक्ता क्षेत्रीले हाल कुनै पनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको बताउँदै जेद्दामा रहेका ५२ जना हजयात्रीसमेत स्वदेश फर्किसकेको बताए ।
उनले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षामा सरकार गम्भीर रहेको भन्दै आवश्यक परे उद्धारका लागि तयार रहेको जानकारी दिए ।
सामसँग नेपालद्वारा “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक: वैदेशिक रोजगारीमा रहेका नेपालीका सपनालाई सम्मान गर्ने प्रतिबद्धता
एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङ्गमा सुधार: दीर्घकालीन रेटिङ्ग ‘LBBB-‘ र अल्पकालीन ‘A3’ मा उक्लियो