चुनाव जसरी पनि जित्नुपर्छ नजिते डेमोक्र्याटहरूले मलाई छाड्दैनन्ः राष्ट्रपति ट्रम्प

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ मा हुने कंग्रेसको चुनावमा पार्टीले जित्नै पर्ने बताएका छन्।

मंगलबार रिपब्लिकन सांसदहरूको भेलामा राष्ट्रपति ट्रम्पले आगामी मध्यावधि चुनावमा पार्टीले नजिते डेमोक्र्याटहरूले आफूलाई नछाड्ने बताएका हुन्।

‘हामीले मध्यावधि चुनाव जित्नैपर्छ। जितेनौं भने उनीहरूले कुनै न कुनै बहानामा मलाई महाभियोग लगाउँछन्। म फेरि महाभियोगमा पर्छु,’ ट्रम्पको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

अमेरिकी कंग्रेस (प्रतिनिधिसभा) मा ट्रम्पको रिपब्लिकन पार्टीसँग अत्यन्त कमजोर बहुमत छ। त्यसकारण पार्टीभित्रको आन्तरिक मतभेद त्यागेर आफ्ना नीतिहरू प्रभावकारी रूपमा जनतामाझ लैजान ट्रम्पले रिपब्लिकन सांसदहरूलाई आग्रह गरेका हुन्।

उनले लैंगिक नीति, स्वास्थ्य सेवा र निर्वाचनको निष्पक्षताजस्ता विषयमा पार्टी एकजुट भएर जनताको समर्थन जित्नुपर्ने बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै