सुनको मूल्यमा ‘भारी गिरावट’: एकैदिन ११ हजारले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ११ हजार रुपैयाँले ओरालो लागेको हो ।

मंगलबार प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँको उच्च विन्दुमा कारोबार भएको सुन आज घटेर ३ लाख १७ हजार ६०० रुपैयाँ कायम भएको छ । केही समयदेखि निरन्तर बढिरहेको सुनको मूल्यमा आएको यो गिरावटलाई लगानीकर्ता र उपभोक्ताले निकै चासोका साथ हेरेका छन् ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । चाँदी तोलामा २७५ रुपैयाँले घटेर ५ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८१५ रुपैयाँमा किनबेच भएको थियो ।

आजको बजार भाउ एक नजरमा:

आजको बजार भाउ एक नजरमा:

धातु आजको मूल्य (प्रतितोला) परिवर्तन (घटेको)
सुन (छापावाल) रु. ३,१७,६०० रु. ११,०००
चाँदी रु. ५,५४० रु. २७५

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै