भेनेजुएलामा राजनीतिक संकट: उपराष्ट्रपति रोड्रिगेज अन्तरिम राष्ट्रपति घोषित

काठमाडौँ । भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई देशको अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न आदेश दिएको छ । राष्ट्रपति निकोलस मादुरोको अनुपस्थितिका कारण सिर्जित परिस्थितिमा अदालतले यस्तो फैसला गरेको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, भेनेजुएलाको उच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न रोड्रिगेजलाई यो जिम्मेवारी सुम्पनु आवश्यक रहेको उल्लेख गरेको छ ।

पछिल्लो विकसित घटनाक्रम अनुसार, अमेरिकी कारबाहीका कारण राष्ट्रपति निकोलस मादुरो हाल आफ्नो देशमा नरहेको दाबी गरिएको छ । सोही पृष्ठभूमिमा संवैधानिक रिक्तता मेटाउन अदालतले उपराष्ट्रपतिलाई कार्यवाहक राष्ट्रपतिको रूपमा अघि सारेको हो ।

भेनेजुएलाको वर्तमान राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय हस्तक्षेपका कारण त्यहाँको सुरक्षा व्यवस्थालाई उच्च सतर्कतामा राखिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै